युनाइटेड क्वार्टर फाइनलमा, आर्सनल बाहिरियो


३ चैत्र २०७९, शुक्रबार
united

काठमाडौं । मार्कस रसफोर्डको गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले बिहीबार रियल बेटिसलाई १–० ले पराजित गर्दै युरोपा लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । रसफोर्डले ५५ औं मिनेटमा गोल गरे र यससँगै युनाइटेड समगूमा ५–१ ले अगाडि रह्यो ।

इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल भने भाग्यमानी रहेन र टाइब्रेकरमा स्पोर्टिङ लिस्वनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । इमिरेट्समा भएको दोस्रो लेगको खेल १–१ को बराबरी रह्यो ।

योसँगै दुवै टिम समग्रमा ३–३ को बराबरीको स्थितिमा रहेको थियो । लिस्वन टाइब्रेकरमा ५–३ ले विजयी रह्यो । अन्य खेलबाट फायनउड, सेभिया, युभेन्ट्स, बायर लेभकुजन, एएस रोमा र युनियन सेन्ट गिलोस पनि अन्तिम आठको चरणमा पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७