बागमती सरकारले क्रिकेट विजेता खेलाडीलाई जनही एक लाख दिने


३ चैत्र २०७९, शुक्रबार
nepal cricek

हेटौंडा । बागमती प्रदेश सरकारले आइसीसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप क्वालिफायर पुर्‍याउने नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही १-१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई प्रोत्साहन स्वरुप उक्त रकम पुरस्कार दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । मन्त्री थपलियाले प्रदेश सरकारको निर्णयले नेपाली क्रिकेट टोलीलाई थप हौसला मिल्ने र विश्वकपमा क्वालिफाएर हुने विश्वास व्यक्त गरे ।

आइसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा बिहीबार युएइलाई ९ रनले पराजित गर्दै नेपाल विश्वकप क्वालिफाएरमा पुगेको छ । नेपालले अब आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बावेमा हुने विश्वकपको विश्वस्तरको छनोटमा सहभागिता जनाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७