रोज्ने पालो हाम्रो हो, गृहसहित तीन मन्त्रालय लिएर सरकारमा जान्छौं : उपाध्यक्ष पाण्डे


३ चैत्र २०७९, शुक्रबार
rajendra pandey
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले तीन वटा मन्त्रालयमा आफ्नो पार्टीको दावी रहने बताएका छन् । संसद् भवनमा आज पत्रकारसँग कुरा गर्दै पाण्डेले अब रोज्ने पालो आफ्नो पार्टीको रहेको र स्वभाविक रुपमा तीन मन्त्रालयमा दावी रहने बताएका हुन् ।

पाण्डेले भने, ‘कांग्रेसले राष्ट्रपति,जसपाले उपराष्ट्रपति, माओवादी केन्द्रले प्रधानमन्त्री प्राप्त गरेपछि हामी गठबन्धनभित्रको चौथो शक्ति भएका कारण दावी गरेका हौं । तीन मन्त्रालय नघट्ने गरी हाम्रो दावी रहन्छ । एक नम्बर ठानिएको मन्त्रालय लिन्छौं ।’ नेकपा एसले अर्थसहित तीन मन्त्रालय दावी गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७