जनयुद्धका ८,३७१ शहीदको नामावली राजपत्रमा प्रकाशित (सूचीसहित)


४ चैत्र २०७९, शनिबार
Prachanda pm scaled
फाइल फोटो

काठमाडौँ । १० वर्षे सशस्त्र जनयुद्धका क्रममा ज्यान गुमाएका आठ हजार ३७१ शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । मन्त्रिपरिषद बैठकको निर्णय अनुसार राजपत्रमा नामावली प्रकाशित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

गत फागुन १५ गते बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई शहीदहरूको अभिलेख माग गरेको थियो ।

७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा शहीदहरूको नामावली तयार गरी राजपत्रमा प्रकाशित भएको छ ।
जनयुद्धका शहीदहरूले राष्ट्रिय शहीदको मान्यता पाउन ुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय शहीदको मान्यता पाउन सकेका थिएनन् ।

योसँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय शहीदको मान्यता पाएका छन् । राष्ट्रिय शहीदका परिवारहरूले यसअघि शहीद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउने छन् ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७