मन्त्री किरातीको शब्दमा ‘पहराकी फूल’ विमोचन


५ चैत्र २०७९, आईतवार
Sudan Kirati
फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फूल’ विमोचन भएको छ । मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गरेका हुन् ।

उनले आफ्नो गाउँको सम्झनामा गीत लेखेको बताए । उनले भने, ‘संयोग पनि माला जस्तै रहेछ, एउटा चुँडियो भने सबै भुइँमा झर्ने । हवाई जहाजमा हिँड्दा हिँड्दै गाउँको याद धेरै आयो । त्यही बेला लेखेको गीत हो यो, अहिले पदीय जिम्मेवारीमा रहँदा विमोचन गर्ने अवसर मिल्यो ।’

विमोचन कार्यक्रमका अवसरमा उनले आज सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा शहीदहरुको योगदानको स्मरण समेत गरे । ‘आजकै दिन काभ्रेको अनेकोटमा च्याङ्बा लामासहित चार जना कलाकारले सहादत प्राप्त गरेका थिए । ‘उहाँहरुको सम्झना र सम्मानमा यो गीत सार्वजनिक गरिएको हो’, उनले भने । ‘पहराकी फूल’ गीतको सङ्गीतकार शान्ति राई, गायक रुपकुमार राई र निर्देशन किरण चाम्लिङको रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७