लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेस नेता डिल्ली चौधरीद्वारा दाबी पेश

दाङ । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
माओवादी केन्द्रलगायत ६ दलले समर्थन फिर्ता लिए लगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । उनले ५४ सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका छन् ।
आजै ६ दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका थिए । मन्त्रीहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।
नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएका हुन् । फिर्ता लिनेमा एक स्वतन्त्र सांसद पनि छन् ।
