आज एकै दिन थपिए ६९ जना कोरोना संक्रमित, बढ्यो जोखिम


१३ चैत्र २०७९, सोमबार
Corona update

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६९ जना नयाँ संक्रमित थप भएका छन् । पीसीआर र एन्टिजेन विधिबाट एक हजार २६६ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख १ हजार २४८ जना पुगेको छ ।

सोमबार ४८८ जनाको पीसीआर परीक्षण गर्दा २५ जना र ७७८ जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या ९ लाख ८९ हजार १६२ जना पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६६ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६० लाख १८ हजार ९८८ जनाको पीसीआर र १५ लाख ३६ हजार ६८४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७