मन्त्री टुङ्गो लगाउन आलोकनगरमा एकीकृत समाजवादीको बैठक जारी


१४ चैत्र २०७९, मंगलवार
Samajbadi
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी रहेको छ । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

एकीकृत समाजवादी पार्टीले तीन मन्त्रालयसहित उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री पठाउने तयारी गरेको छ । आज बस्ने बैठकले सोही विषयलाई औपचारिकता दिने संभावना छ । यद्यपि भुसालको नेतृत्वमा सरकारमा जाने कि राजेन्द्र पाण्डेको नेतृत्वमा जानेबारे पार्टीभित्र बहस चलिरहेको एसका एक पदाधिकारीले जानकारी दिएका छन् ।

आजै बिहान पार्टी अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग भेट गरेको थियो । नेपालसहित सम्मानित नेता झलनाथ खनाल,महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले मन्त्रालयको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए ।

एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालयमा दावी गरिरहेको छ । मन्त्रिपरिषद् वितारका विषयमा छलफल गर्न आज बेलुका ४ बजे सत्ता गठबन्धनको बैठक बस्दै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७