प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका युवालाई रिहा गर्न विश्वप्रकाश शर्माको माग


१४ चैत्र २०७९, मंगलवार
bishwo prakash sharma
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा विरोध गर्नेको मुख थुन्न नमिल्ने र थुनामा राख्न समेत नपाइने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विरोध गर्दा प्रहरीले युवाको मुख थुनिदिएको र पक्राउ गरेर मुद्दा चलाएको प्रति आपति जनाएका छन् ।

महामन्त्री शर्माले साताअघि प्रधानमन्त्रीको विरोध गर्ने युवाहरुलाई पक्राउ गरी थुनामा राखिएको भन्दै उनीहरुलाई यथाशिघ्र रिहा गर्न समेत माग गरेका छन् ।

आज (मंगलबार) सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले प्रधानमन्त्री दाहाललाई उल्लेख गर्दै भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री ज्यू, लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो, आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७