उद्योग र उद्यमशिलताको विकास विना मुलुक समृद्घ बन्दैन : मन्त्री भण्डारी


२२ बैशाख २०८१, शनिबार
bhandari

अछाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताएका छन् ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्यमशिलता र रोजगारी विना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिए । उनले उद्योग र उद्यमशिलताको विकास विना मुलुकमा समृद्घि नआउने बताए । मन्त्री भण्डारीले ‘समृद्घ नेपाल र सुखी नेपाली’ को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन र विकासमा सरकार लागेको उल्लेख गरे ।

उनले स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवद्र्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्ने समेत बताए । उनले स्थानीय उत्पादनमा आधारित उद्यममा जोड दिए । उनले भने, ‘स्थानीय उत्पादन बढाउनु जरुरी छ, कृषिमा आधारित उद्योगलाई बढावा दिने सरकारको नीति पनि हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७