शेयर बजार आज पनि दोहोरो अंकले बृद्धि, एक अर्ब ४४ करोडको कारोबार


१४ चैत्र २०७९, मंगलवार
share market

काठमाडौँ । शेयर बजार आज (मंगलबार) पनि उकालो लागेको छ । हिजो (सोमबार) झण्डै १८ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४१ अंकले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर बढेको छ । पछिल्ला तीन दिन उच्च अंकले घटेको माइक्रोफाइनान्स समूहको शेयर आज उच्च अंकले बढेको छ ।

आज बजारसँगै कारोबार रकम पनि बढेको छ । २५८ वटा कम्पनीका ४० लाख ७७ हजार कित्ता शेयर एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको छ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै सुपरमाई हाइड्रो, एसियन हाइड्रो र सृजनशील लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७