प्रधानमन्त्री थ्री नेसन्स कप : उपाधिका लागि आज नेपाल र लाओस भिड्दै


१७ चैत्र २०७९, शुक्रबार
pic 2 ZuPmiDaVSS

काठमाडौा । प्रधानमन्त्री थ्री नेसन्स कप उपाधिका लागि आज (शुक्रबार) नेपाल र लाओस भिड्दै छन् । फाइनल खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।

नेपालले पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो भने दोस्रो खेलमा भुटानसँग एक / एक गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भुटानलाई २–१ गोलले हराएको लाओस भुटानले नेपालसँग बराबरी खेलेपछि फाइनलमा पुगेको हो ।

भुटान एक अङ्कका साथ लिग चरणबाट बाहिरिएको थियो । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर तथा दोस्रोले ३ हजार डलर पाउनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७