सरकारद्वारा गृहमन्त्री र सचिवले आफूखुशी लिने सुराकी खर्च खारेज


२० चैत्र २०७९, सोमबार
pm office 1

काठमाडौँ । सरकारले गृह मन्त्रालय मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गरेको छ ।
आज (सोमबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जासुसी परिचालन गर्ने कार्यविधि खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

‘मन्त्रिपरिषद बैठकले गृहमन्त्री र गृह सचिवले गुप्तचर परिचालनका लागि आफूखुशी खर्च देखाउन नपर्ने गरी बनेको कार्यविधि खारेज गरेको छ’, उनले बैठकपछि भनिन्, ‘गृह मन्त्रालयबाट आएको प्रस्ताव अनुसार गृहमन्त्री र गृहसचिवले आफूखुशी खर्च गर्न पाउने गरी बनेको उक्त कार्यविधि खारेज गर्ने निर्णय भएको हो ।’

यसअघि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा लिँदै आएको खर्च खारेज गर्ने निर्णय गरेका थिए । जासुसीको नाममा गृहमन्त्री र गृह सचिवले हिसान नदेखाई गुप्तचर परिचालनका लागि आफूखुशी खर्च गर्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७