सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन ल्याउने सत्ता गठबन्धनको प्रतिबद्धता


२३ चैत्र २०७९, बिहीबार
Rekha Sharma sanchar mantri

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको १० दलीय गठबन्धन सरकारले मन्त्रिमण्डलले पूर्णता पाएको ६ महिनाभित्र नागरिकतासम्बन्धी ऐन पारित गर्ने प्रतिबद्धता जनाएको छ ।

आज (बिहीबार) सार्वजनिक संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा सरकारले पूर्णता पाएको छ महिनाभित्र नागरिकसम्बन्धी ऐन पारित गर्ने प्रतिबद्धता जनाएको छ । सञ्चारमन्त्री रेखा शर्माले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले नागरिकताबाट कोही पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने हेतुले ६ महिनाभित्र नागरिकतासम्बन्धी ऐन ल्याउने प्रतिबद्धता रहेको बताइन् ।

त्यस्तै, नागरिकता वितरणमा रहेको लैगिक विभेदलाई समेत अन्त्य गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यसअघि कांग्रेस–माओवादी केन्द्रकै गठबन्धन सरकारले नागरिकतासम्बन्धी समस्याहरूलाई सम्बोधन गर्ने गरी नागरिकतासम्बन्धी अध्यादेश ल्याए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखिदिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७