‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै


२४ चैत्र २०७९, शुक्रबार
futsal and football
फाइल फोटो

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (शुक्रबार) दुई खेल हुँदैछन् । अपराह्न २ बजे एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । ६ खेलबाट १३ अङ्क जोडेको जावलाखेल लिगको शीर्ष स्थानमा छ भने खुमलटार ६ खेलबाट ६ अङ्क जोडेर ११ औँ स्थानमा छ ।

यस्तै सोही समयमा च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । मनाङ मर्स्याङ्दी ५ खेलबाट ११ अङ्क जोडेर चौथो स्थानमा छ भने ५ खेलबाट ४ अङ्कका साथ फ्रेन्ड्स भने १२औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७