एक महिनाम भित्रियो एक खर्ब चार अर्ब रुपैयाँ रेमिट्यान्स


२८ चैत्र २०७९, मंगलवार
money 4
फाइल फोटो

काठमाडौँ । फागुन महिनामा विदेशबाट एक खर्ब चार अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज (मंगलबार) देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले फागुन महिनामा मात्रै १ खर्ब ४ अर्बभन्दा धेरै रेमिट्यान्स भित्रिएको जानकारी दिएको हो ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार माघ महिनासम्म विदेशबाट ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जबकि, फागुन महिनाको अन्त्यसम्म रेमिट्यान्स भित्रिने क्रम बढेर ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको हो ।

नेपालबाट वैदेशिक रोजगारीका लागि युवाहरु विदेशीने क्रम बढेपछि रेमिट्यान्स आप्रवाह समेत बढेको केन्द्रीय बैंकले जनाएको छ । यस अवधिमा श्रम स्वीकृत लिने युवाहरुको संख्या ३ लाख ५१ हजार ७६१ पुगेको छ । यस्तै, पुनः श्रम स्वीकृत लिने युवाको संख्या १ लाख ९२ हजार ५५९ जना छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७