थप १३६ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमितको संख्या ४०१


१ बैशाख २०८०, शुक्रबार
Ftql36KagAA wAq

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक हजार चार सय २४ जनाको नमुना परीक्षण गर्दा १३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६८ जना संक्रमणमुक्त भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या चार सय एक रहेको पनि मन्त्रालयले जनाएको छ । २४ घण्टामा ६४ हजार आठ सय ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यस्तै काठमाडौँ उपत्यकामा रहेका संक्रमितमध्ये ३२ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आईसीयू) मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेको छ । संक्रमण बढेसँगै स्वास्थ्य मापदण्डको पालना गर्न र कोरोनाविरुद्धको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७