प्रहरी हवल्दार पुनको बयान : नियतवश गोली चलाएको होइन


२ बैशाख २०८०, शनिबार
shooting a gun 0131 horizontal large gallery अमेरिकामा ११ जना यहुदीको हत्या
सांकेतिक तस्विर

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनको गौरीघाटमा रहेको घरमा नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बयान दिएका छन् ।

आज (शनिबार) बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा सोधपुछ गर्ने क्रममा प्रकाशले गल्तीले गोली चलेको बयान दिएको प्रहरीले बताएको हो । शुक्रबार नयाँ वर्षको अवसरमा गौरीघाटमा तीर्थमाली बस्ने घरमा पारिवारिक जमघट भएको थियो । त्यसक्रममा शुक्रबार राति साढे ९ बजे एक्कासी घरमा गोली चलेको थियो ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका कारण प्रकाशको पेस्तोलबाट एक्कासी गोली तीर्थमालीको खुट्टामा लागेको थियो । गोली लागेर घाइते भएकी तीर्थमालीको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७