एमबाप्पे बने सर्वाधिक गोलकर्ता


३ बैशाख २०८०, आईतवार

काठमाडौँ । फ्रान्सेली स्टार केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग–१ मा सबै समयका सर्वाधिक गोलकर्ता बनेका छन् ।

शनिबार राति भएको फ्रेन्च लिग १ मा पीएसजीले १० खेलाडीमा सीमित लेन्सलाई ३–१ गोल अन्तरले पाखा लगायो ।
लिग १ को शीर्षस्थानमा रहेको पीएसजीले ५ अंकको अग्रता बनाएको छ । खेलको ३१औं मिनेटमा एमबाप्पेको गोलमा पीएसजीले लेन्सविरुद्ध सुरुवाती अग्रता बनाएको थियो । आफ्नो १६९औं लिग खेलमा १३९ गोल गरेका एमबाप्पेले एडिन्सन काभानीलाई पछि पारेका हुन् ।

लिगको शीर्ष २ बीचको महत्वपूर्ण खेलमा मिडफिल्डर अब्दुल समेद १९ औं मिनेटमा रातो कार्ड खाँदै मौदान छाडेपछि लेन्स १० खेलाडीमा समेटिएको थियो । पीएसजीका लागि ३७ औं मिनेटमा भिटिन्हा र ४०औं मिनेटमा एम्बाप्पेको पासमा लियोनल मेस्सीले गोल गरे । ६०औं मिनेटमा लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले पेनाल्टीमा गोल गरे । गए रातिकै अर्को खेलमा रेन्सले रिम्सलाई ३–० गोल अन्तरले नै हराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७