त्रिभुवन विमानस्थल ६ घण्टा पूर्णरुपमा बन्द हुने


५ बैशाख २०८०, मंगलवार
airport 2 scaled 1
फाइल फोटो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बैशाख ७ गते ६ घण्टा पूर्णरुपमा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले मंगलबार सूचना प्रकाशित गरी वैशाख ७ गते बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान–अवतरण बन्द रहने जनाएको छ ।

विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्धेश्यले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान कार्य जारी रहेको र सोही क्रममा विमानस्थल भित्रको विद्युत आपूर्ति अवरुद्ध हुने भएकोले उडान अवतरण बन्द रहने सूचनामा जनाइएको छ ।

सो समयमा यात्रा गर्ने यात्रुहरुले सम्वन्धित एयरलाइन्ससँग सम्पर्क गरी आवश्यकता अनुसारको व्यवस्था मिलाउन पनि विमानस्थलले आग्रह गरेको छ ।

a

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७