संखुवासभामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन


६ बैशाख २०८०, बुधबार
सांकेतिक तस्वीर

संखुवासभा । कोशी प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता संखुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुने दुई टोलीलाई रु १०-१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ । ब्याडमिन्टन प्रतियोगिता खाँदबारी–१ स्थित कभर्डहलमा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७