कपनमा पसलमा बसिरहेकी महिलामाथि चक्कु प्रहार, अवस्था गम्भीर


७ बैशाख २०८०, बिहीबार
latest News nayapage1 scaled

काठमाडौँ । काठमाडौंको कपनस्थित सरस्वती नगरमा एक महिलामाथि चक्कु प्रहार भएको छ । बिहीबार दिउँसो पसलमा बसिरहेकी महिलामाथि चक्कु प्रहार भएको हो ।

उनको अवस्था गम्भीर भएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका लागि लगिएको स्थानीयले जानकारी दिएका छन् । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान अघि बढाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७