संसदीय दलमा प्रधानमन्त्रीले भने–सहकारीको विषय जटिल र गम्भीर बनेको छ

‘संसद त बोलाइयो, चल्ने / नचल्ने निश्चित छैन’


२२ बैशाख २०८१, शनिबार
pm 1

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारीको विषय जटिल र गम्भीर रहेको बताएका छन् । आज (शनिबार) सिंहदरबारमा बसेको नेकपा माओवादीको संसदीय दलको वैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले सहकारी प्रकरणबारे संसदीय छानविन समिति बनाउन पहल भइरहेको जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद्को आगामी बैठकमा ठोस निर्णय हुन सक्ने बताएका छन् । ‘सहकारीको जटिलता गम्भीर बनेको छ । अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ‚’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने‚ ‘कुनै नेतालाई ताकेर होइन‚ समग्र समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाएर हल गर्न सकिन्छ कि भनेर पहल गरिरहेको छु ।’ उनले संसदको अधिवेशन आह्वान गरिएको तर चल्ने नचल्ने निश्चित नभएको पनि जानकारी गराएका छन् ।

‘संसद त बोलाइयो तर चल्ने नचल्ने निश्चित छैन’ प्रधानमन्त्री प्रचण्डले भने, ‘संवाद जारी रहे पनि निचोड निक्लिसकेको छैन । समाधान खोज्न केही दिनमा सर्वदलीय बैठक बोलाउँछु ।’ प्रतिपक्षको काम नै सत्ता समीकरण भत्काउने परम्परा बनिसकेको टिप्पणी गर्दै प्रधानमन्त्री प्रचण्डले तत्काल यो समीकरण भत्काउन सक्ने स्थिति नरहेको दावी गरेका छन् । ‘तर सत्तापक्ष र प्रतिपक्षका कतिपय पार्टीहरूमा आन्तरिक अन्तरविरोध भने गम्भीर देखिन्छ‚’ प्रचण्डले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७