मध्य मालीमा आक्रमण : १० जनाको मृत्यु , दर्जनौं घाइते


१० बैशाख २०८०, आईतवार
mali

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीको भित्री भागमा एक सैन्य शिविर र एयरपोर्ट नजिकै भएको बम आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको र दर्जनौं व्यक्ति घाइते भएको बताइएको छ ।

क्षेत्रीय गभर्नरका प्रवक्ता याकुबा माइगाले मोप्ती क्षेत्रको सेवरे सहरमा भएको आक्रमणमा ६० जनाभन्दा बढी घाइते भएको रोयटर्स समाचार एजेन्सीलाई बताएका छन् ।

‘विस्फोटले आसपासका करिब २० घर ध्वस्त पारेको छ । त्यहाँ कुल नौ जना मारिएका छन् र करिब ६० जना घाइते छन्, सबै नागरिकहरू छन्’, उनले भने । मालीको सेनाका प्रवक्ता कर्णेल सुलेमाने डेम्बेलेले कम्तिमा १० जनाको मृत्यु भएको एशोसिएटेड प्रेस समाचार एजेन्सीलाई बताएका छन् । आक्रमणको जिम्मेवारी तत्कालै कसैले लिएको छैन । अल्जजिरा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७