कोलकातालाई हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लियो


११ बैशाख २०८०, सोमबार
chennai ZVHGtgSgw9

काठमाडौँ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले हराएको छ ।

कोलकाताको घरेलु मैदान इडन गार्डेनमा भएको खेलमा चेन्नईले शानदार ब्याटिङ गर्‍यो । चेन्नईले दिएको २३६ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १८६ रन बनाउन सक्यो । कोलकाताका लागि जसन रोय र रिंकु सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

जसन रोयले ६१ तथा रिंकु सिंहले ५३ रन बनाएका हुन् । यस्तै, कप्तान नितिश राणाले २७ र भेन्कटेस ऐरले २० रन बनाए । चेन्नईका लागि तुसार देशपाण्डे र महेश थिक्सनाले समान २-२ विकेट लिए । यस्तै, आकाश सिंह, मोइन अलि, रविन्द्र जडेजा र मथिशा पथिरानाले समान १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनायो ।

चेन्नईका लागि अजिन्क्या रहाणे, डेभोन कन्वे र शिवम् दुवेले अर्धशतकीय पारी खेले । अजिन्क्या रहाणेले ७१ रन बनाए भने कन्वेले ५६ र शिवम् दुवेले ५० रन बनाए । यस्तै, ऋतुराज गायकवाडले ३५ र रविन्द्र जडेजाले १८ रन बनाए । कोलकाताका लागि कुलवन्त खेजरोलियाले २ तथा वरुण चक्रवर्ती र सुयश शर्माले समान १-१ विकेट लिए ।

जितसँगै चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोलकाता आठौँ स्थानमा छ । यसअघि भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्लोरले राजस्थान रोयल्सलाई ७ रनले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७