बारा–२ : उपेन्द्र यादव ६ सय मतले अगाडि, जनमतका कुशवाहले पछ्याउँदै


११ बैशाख २०८०, सोमबार
Bara

बारा । बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपचुनावमा मतगणना चलिरहेको छ । अहिलेसम्म छ हजार सात सय ७४ मत गन्दा जनता समाजवादी (जसपा) का उपेन्द्र यादवको अग्रता कायमै छ ।

ताजा मत परिणामअनुसार यादवले दुई हजार छ सय मत प्राप्त गरेका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पछ्याइरहेका छन् । कुशवाहाले दुई हजार ६७ मत प्राप्त गरेका छन् । उनीहरूबीच झण्डै छ सयको मतान्तर रहेको छ ।

यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले आठ सय ६१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले तीन सय तीन मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७