बारा–२ अपडेट : उपेन्द्रले बढाउँदै मतान्तर, कति मतले पछि छन् शिवचन्द्र ?


१२ बैशाख २०८०, मंगलवार
Upendra Yadav Sibachandra Kushbaha1680513391

बारा । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादवले ९ हजार ९ सय ६९ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ६ हजार ७ सय ८७ मत प्राप्त गरेका छन् । यस हिसाबले यादवले शिवचन्द्रसँगको मतान्तर ३ हजार १८२ बनाएका छन् । यसअघि मतान्तर ३ हजार ९९ मत थियो ।

उपेन्द्र यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने शिवचन्द्र माओवादी केन्द्र छाडेर जनमत पार्टीबाट उम्मेदवार बनेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७