रघुजी पन्तको कटाक्ष : संसदमा प्रधानमन्त्रीको दर्शन पाउन पनि दुर्लभ भयो


१२ बैशाख २०८०, मंगलवार
Raghuji panta

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दर्शन पाउन दुर्लभ भएको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भारत भ्रमणबारे संसद्लाई अझै जानकारी नगराएको भन्दै प्रधानमन्त्रीको आलोचनासमेत गरे। सांसदहरूले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्री दाहालले संसदमा त्यसबारे एक शब्द पनि नबोलेको भन्दै पन्तले असन्तुष्टि व्यक्त गरे ।

प्रधानमन्त्रीको भारत भ्रमण फलदायी होस् भन्ने आफूहरूको पनि चाहना रहेको भन्दै उनले भने, ‘तर, सबभन्दा दुःखको कुरा के हो भने यो भ्रमणका एजेण्डाहरू के–के हुन् ? भन्ने कुरा संसद् चलिरहेको वेला पनि हामीले अखबारहरूमा पढ्नु परेको छ । संसदभित्र हामीले पटक–पटक आग्रह गर्दा पनि प्रधानमन्त्रीले आएर आफ्नो भारत भ्रमणबारे एक शब्द भन्नुभएको छैन । प्रधानमन्त्रीको त अनुहार हेर्न पनि, दर्शन पाउन पनि दुर्लभ भइसक्यो,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७