सरकार बनाउने–भत्काउने खेतीपातीमा एमाले लाग्दैन : वरिष्ठ उपाध्यक्ष पोखरेल


१४ बैशाख २०८०, बिहीबार
ishwor pokhrel pVDkBSMW4n
फाइल फोटो

जनकपुर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकार भत्काउने र बनाउने खेतीपातीमा नलाग्ने बताएका छन् । जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले सरकार बनाउने र भत्काउने खेतीपडातीमा वर्तमान सत्ता गठबन्धन लागे पनि एमाले त्यस्तोमा नलाग्ने स्पष्ट पारे । तर परस्थिति अनुसार एमालेले आफ्नो निर्णय गर्ने उनले बताएका छन् ।

वैशाख १० गते सम्पन्न उपनिर्वाचनपछि अब गठबन्धनमा फेरबदल वा टुट्न सक्ने अवस्थाको सिर्जना हुन सक्ने बताउँदै पोखरेल परिस्थिति अनुसार एमालेले आफ्नो भूमिका निभाउने उनले बताए । ‘यो गठबन्धन टिकाउ छैन, के परस्थिति सिर्जना हुन्छ त्यसअनुसार नै हाम्रो भूमिका हुन्छ, यद्यपि सरकार बनाउने र बिगार्ने खेतीपातीमा एमाले लाग्दैन,’ उनले भने । पोखरेलले यो गठबन्धन मुलुकका लागि दुर्भाग्य रहेको टिप्पणी गरेका छन् ।

उनले वर्तमान गठबन्धन लोकतन्त्रको हितमा नभएको बताए । वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको बताउँदै पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र देश बनाउने नेतृत्व एमालेले गरिरहेको दाबी गरे । उनले वर्तमान गठबन्धन सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको बताए । मुलुकको अर्थतन्त्र अहिले दिनदिनै खस्किँदै जानुको कारण वर्तमान गठबन्धन नै भएको दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७