वर्षाले फेरि रोकियो नेपाल र कुवेतबीचको खेल


१६ बैशाख २०८०, शनिबार
rain

काठमाडौँ । बर्षाले एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको खेल फेरि रोकिएको छ । बिहान १०ः४५ देखि पानी परेर रोकिएको खेल ११ः४५ बजे पिच छोपिएको कभर निकालेपछि म्याच रेफ्रीले सवा १२ बजेदेखि खेल पुनः सुरु हुने बताएका थिए ।

तर, सवा १२ हुनु ४ मिनेटअघि फेरि पानी पर्न थालेपछि खेल सुरु नभई रोकिएको छ । बिहान पानीले खेल अवरुद्ध पारेपछि अम्पायरले खेल ४५-४५ ओभरमा छोट्याएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७