गुजरातले कोलकातालाई र हैदराबादले दिल्लीलाई हरायो


१७ बैशाख २०८०, आईतवार
DELHI bA5d9bQ1jD

काठमाडौँ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गए राति गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद विजयी भएका छन् । पहिलो खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । कोलकाताले दिएको १८० रनको लक्ष्य गुजरातले १३ बल अघि नै जम्मा ३ विकेट गुमाएर भेट्टायो ।

गुजरातको लागि विजय शंकरले ५१, शुभमन गिलले ४९ र डेविड मिलरले ३२ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको कोलकाताका रहमानुल्लाह गुरबाजले ८१ रन बनाएका थिए । गुजरात ८ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ भने ९ खेलमा ६ अङ्क जोडेको कोलकाता सातौँ स्थानमा छ ।

गए राति नै भएको अर्को खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ९ रनले हराएको छ । हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले ६ विकेट गुमाएर १८८ रन मात्रै बनायो । उसका लागि मिचेल मार्सले ६३ र फिल साल्टले ५९ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादका अभिषेक शर्माले ६७ र हेनरिक क्लासेनले ५९ रन बनाए । जितपछि हैदराबाद आठौँ स्थानमा छ भने दिल्ली पुछारमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७