बारामा उपेन्द्र यादवलाई मुकुट र दुई सय किलोको माला


१७ बैशाख २०८०, आईतवार
upendraYadav2023 04 30 01 30 34

बारा । बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते भएको उपनिर्वाचनमा विजयी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यतिबेला निर्वाचन क्षेत्रमै केन्द्रित छन् ।

वैशाख १० मा तनहुँ १ र चितवन २ बाट निर्वाचित शुक्रबार डा. स्वर्णिम वाग्ले र रवि लामिछानेले शुक्रबार शपथ लिँदा यादव बारामै थिए । मोरङ, सुनसरी हुँदै सप्तरी २ समेत छाडेर निर्वाचन क्षेत्र फेर्दै बारा २ पुगेका यादवलाई अहिले त्यहाँ ‘मधेशको मसिहा’ नाम दिएर सम्मान दिने क्रममा छ ।

उनले जनता समाजवादीको तर्फबाट कलैया उपमहानगरपालिका रहेका सदस्यहरुले आइतवार राजाहरुले लाउने जस्तै चाँदीको मुकुट पहिराइदिएका छन् । राजाले लाउने शैलीमै यादवलाई मुकुट पहिर्‍याएपछि कार्यकर्ताहरुले उनको काँधमा २ सय केजीको माला समेत भिराइदिए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवलाई सम्मान गर्न कार्यकर्ताहरु त्यतिमै रोकिएनन् । उनीहरुले मुकुट र २ सय केजीको माला लगाइदिएपछि यादवलाई बधाई दिन हात्तीसहितको जुलुस नै निकाले । हात्तीसहितको जुलुस निकालिँदा उत्सवको माहोल थियो । उक्त हात्तीमा यादव भने सवार भएनन् । बरु मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव र अर्थमन्त्री सञ्जय यादव सवार भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७