उपेन्द्र यादवले लिए सांसदको शपथ


१९ बैशाख २०८०, मंगलवार
upendra

काठमाडौँ । नव निर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ दिएका छन् । उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित भएका यादवलाई मंगलबार सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । उनी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष पनि हुन् ।

चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार नै शपथ लिएका थिए । शुक्रबार भएको शपथग्रहण समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ खुवाउन लागिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७