शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज तीन वटा खेल हुँदै


२० बैशाख २०८०, बुधबार
football
सांकेतिक तस्वीर

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (बुधबार) तीन वटा खेल हुँदैछन् । आज दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

काठमाडौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा फ्रेन्ड्स क्लब र चर्च ब्वाइज दिउँसो ३ बजे खेल्ने छन् । रंगशालामै आज हुने दोस्रो खेलमा बेलुका ६ बजे त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ । यस्तै च्यासल मैदानमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७