शासकका कमजोरी व्यवस्थाका होइनन् : सञ्चारमन्त्री शर्मा


२० बैशाख २०८०, बुधबार
HRB KTM MinisterSharmae

काठमाडौं । सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले शासकबाट भएका कमजोरी व्यवस्थाको नहुने बताएकी छन् । नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सिनामंगलदेखि सञ्चारग्रामसम्म गरेको कोणसभामा बोल्दै उनले यस्तो बताएकी हुन् । अहिलेको व्यवस्थालाई चौतर्फी प्रहार भइरहेको बताउँदै उनले लोकतान्त्रिक गणतन्त्रलगायत समावेशी व्यवस्थाको रक्षा गर्न प्रेसले सकारात्मक भूमिका खेल्नेमा उनले आफू विश्वस्त भएको बताइन् ।

‘हामीले बनाएका कानुन, हामीले बनाएको संविधान, हामीले ल्याएको लोकतन्त्र, हामीले ल्याएको गणतन्त्रमाथि जताततै, भित्रबाहिरबाट प्रहार भइरहेको छ,’ उनले भनिन्, ’यी सबै कुरालाई समाजमा एउटा सकारात्मक सन्देश दिने हिसाबले र प्राप्त उपलब्धीहरूको रक्षा गर्न हा पनि पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

ठूलो बलिदानबाट प्राप्त राजनीतिक उपलब्धीको रक्षा गर्नु सबैको कर्तव्य भएको उनले बताइन् । उनले शासक र सत्ता सञ्चालकबाट भएका कमजोरी व्यवस्थाको होइन भन्ने स्थापित गर्न पत्रकारिताले भूमिका खेल्नुपर्ने बताइन् ।

उनले भनिन्, ’शासहरूबाट, सत्ता सञ्चालन गर्ने मान्छेहरूबाट भएका कमजोरी व्यवस्थाको कमजोरी होइन है, व्यवस्था आफैँमा ठीक छ भन्ने स्थापित गर्न पनि यहाँहरूले महत्वपूर्ण भूमिका खेल्नु हुनेछ,’ उनले भनिन् । उनले संविधानबाटै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्यानुभूति गराएको बताउँदै आवश्यक नीति निर्माण बनाउन पहल गर्ने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७