यस्ता छन् मन्त्रिपरिषद बैठकका पाँच निर्यणहरू


२० बैशाख २०८०, बुधबार
rekha sharma Dmo8F9jrSo

काठमाडौ । मन्त्रिपरिषद बैठकका निर्णयहरू आज (बुधबार) सार्वजनिक भएका छन् । मंगलबार र बुधबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू आज सार्वजनिक गरिएको हो । बैठकले बैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य अफिसियल टिमलाई जनही ३ लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकले संक्रामक रोग नियन्त्रणका लागि एकीकृत कानून निर्माण गर्न लागि यसअघि संसदमा पेश भएको कोभिड १९ को संकट व्यवस्थापनका लागि व्यवस्था गर्न बनेको विधेयकलाइ फिर्ता लिने निर्णय गरेको छ भने कोशि टप्पु वन्यजन्तु आरक्ष निर्माण गर्दा विस्थापितहरूका लागि थप छानविन गरि समस्या समाधान गर्न आयोग पुनर्गठन गरि ३ महिना म्याद थप गर्ने निर्णय भएको उनले बताइन् ।

बैठकले बेलायतको महाराज चाल्र्स तृतियको राज्यभिषेक समारोहमा सहभागी हुन पर्यटनमन्त्रीलाई स्वीकृति दिने निर्णय गरिएको छ भने नेपाली दुतावास ढाकाका लागि जग्गा प्राप्तिका लागि हस्ताक्षर गर्न बंगलादेशका लागि नेपाली राजदूतलाई अख्तियारी दिने र वनस्पती बिभागको महानिर्देशक डा. .राधा वाग्लेको राजीनामा स्वीकृत गर्ने निर्णय पनि भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७