ललितपुर महानगरका शिक्षा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


२० बैशाख २०८०, बुधबार
akhtiyar

काठमाडौं । एक लाख घुस खाएको आरोपमा ललितपुर महानगरको शिक्षा महाशाखाका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

शिक्षक सरुवामा एक लाख रुपैयाँ घुस खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका, शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । घुस लिएका उनलाई यसअघि अख्तियारले रंगेहात पक्राउ गरेको थियो ।

थप छानबिन गरेर अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम जरिवाना र सोही दफा ३ को उपदफा १ को देहाय खण्ड (ग) बमोजिम कैद सजाय हुन मागदाबी लिई अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७