बझाङको हिमपहिरोमा यार्सा संकलनमा हिँडेका एकको निधन, एक बेपत्ता


२० बैशाख २०८०, बुधबार
himpahiro GvatFkAF9c
फाइल फोटो

बझाङ । बझाङमा यार्सागुम्बा सङ्कलन गर्न हिमाली भेग गएका एक जनाको निधन भएको छ भने एक जना बेपत्ता भएका छन् ।
सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय प्रभु बोहराको मङ्गलबार यार्चागुम्बा सङ्कलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्याङ्ग्रिएर बाटोमै निधन भएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

उनका अनुसार बोहरा यार्सागुम्बा सङ्कलन गर्न चुफी वनतिर गएका थिए । मङ्गलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता भएकी छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक अवस्थीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७