नेपोलीले ३३ बर्षपछि जित्यो इटालीको सिरी ‘ए’ उपाधि


२२ बैशाख २०८०, शुक्रबार
thumb 1

काठमाडौं । नेपोलीले ३३ वर्षपछि पहिलो पटक बिहीबार इटालीको सिरी ‘ए’ उपाधि जितेको छ । इटालीको नयाँ च्याम्पियन भएसँगै नेपल्स सहरमा ठूलो खुशीयाली छाएको थियो । युडिनेजीलाई १–१ को बराबरीमा रोक्नु नै लिग च्याम्पियन हुनका लागि पर्याप्त रह्यो ।

सन् १९९० मा नेपोलीले अन्तिम पटक लिग जितेको थियो र त्यतिबेला डिएगो म्याराडोनाले यो सफलता दिलाएका थिए । युडिनेजीको मैदानमा भएको खेलमा घरेलु टिमले सान्डी लाभरिचको गोलले अग्रता लिएको थियो । भिक्टर ओसिमहनले ५२ औं मिनेटमा बराबरी गोल फर्काए । यो जितपछि नेपोलीको ३३ खेलबाट ८० अंक भयो ।

दोस्रो स्थानमा रहेको लाजियोको समान खेलबाट ६४ अंक मात्रै रहेको छ । नेपोलीले लिगमा पाँच चरणका खेल बाँकी छँदै लिग उपाधि जितेको हो । नेपोलीले सन् १९८७ र १९९० मा दुई पल्ट लिग जितेको थियो । बिहीबारको अर्को खेलमा इम्पोलीले बोलोग्नालाई ३–१ ले पराजित गर्‍यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७