ओलीसँगको भेटपछि प्रधानमन्त्रीले डाके सत्ता गठबन्धनको बैठक


२३ बैशाख २०८०, शनिबार
Gathabandhan dal 1 scaled
फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज (शनिबार) साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाइएको हो ।

सिंहदरबारमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक डाकेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका हाइ प्रोफाइल नेताहरूको अनुसन्धानका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चासो दिएका छन् ।

सिहंदरबारमा आज (शनिबार) उनीहरुबीच २ घण्टा लामो छलफल भएको थियो । लगत्तै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका हुन् । यसअघि पनि एमाले अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७