५४ तोला सुुन, आठ किलो चाँदी र साढे ७ लाख भारुसहित दम्पती पक्राउ


२३ बैशाख २०८०, शनिबार
latest News nayapage1 scaled

मोरङ । मोरङ प्रहरीले विराटनगरबाट ५४ तोला सुन, आठ किलो चाँदी र साढे सात लाख रूपैयाँ भारतीय रूपैयाँसहित दुईठ जनालाई पक्राउ गरेको छ ।

को २ च १४९५ नम्बरको इको भ्याउनमा आउँदै गरेको समूहको साथबाट सुन र नगद बरामद भएको हो । पक्राउ पर्नेमा भारतीय नागरिक बिनोद मुरारका, उनकी श्रीमती पुष्पा मुरारको कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलले जानकारी दिएका छन् ।

बिनोद बिराटनगरस्थित केएल दुगढ कम्पनीका लेखापाल भएको बुझिएको छ । बरामद भएको सामानको मूल्य अञ्दाजी ९० लाख रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७