धेरैचोटी मौन बसें, अब त अति भो : गगन थापा


२४ बैशाख २०८०, आईतवार
gagan thapa

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र जिम्मेवारीमा पुगेपछि निरन्तर संघर्ष गर्दा पनि नेतृत्वबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि पोखेका छन् । आज (आइतबार) साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले पार्टीमा असन्तुष्टि पोखेका हुन् ।

उनले जिम्मेवारीमा पुगेपछि आफूलाई चित्त नबुझे पनि जिम्मेवारीको सीमाले प्रतिरोधको साटो सुधारेर जाने कोशिस गर्नुपरेको स्मरण गराएका छन् ।

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचें, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छु, उनले लेखेका छन्, ‘त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखें, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७