नक्कली शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन हुँदैन : माधव नेपाल


२५ बैशाख २०८०, सोमबार
Madhav nepal 1 scaled
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने दोहोर्‍याएका छन् ।

आज (सोमवार) प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताएका हुन् । उनले यसअघि पनि सोही कुरा बताएका थिए । उनले प्रधानमन्त्रीको परीक्षाको बेला आएको बताए । यो प्रकरणमा आफूहरूको पूरा साथ, सहयोग रहने उनले उल्लेख गरे ।

उनले भने, ‘देशको सबैभन्दा मुख्य समाचार भनेको भ्रष्टाचार नै हो । भ्रष्टाचारलाई जबसम्म हामी नियन्त्रण गर्दैनौँ, भ्रष्टाचारीलाई जबसम्म कारबाही गर्दैनौँ तबसम्म सुशासनको प्रत्याभूति गर्न सकिँदैन । भ्रष्टाचारको रोगबाट यो देशलाई र प्रणालीलाई जोगाउनु पर्छ । त्यसको निम्ति प्रधानमन्त्रीजीले खुट्टा नकमाइकन, दृढताका साथ अगाडि बढ्नु पर्छ । उहाँको जाँचको बेला पनि आएको छ । हाम्रो पूरा साथ सहयोग रहन्छ । सत्ता सहयात्री दलहरूले पनि कुनै पनि दोषी, भ्रष्ट व्यक्तिहरु नउम्किउन् भनिसकेका छन् । तर निर्दोषहरूलाई अपमान गर्ने काम नहोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७