यशस्वीको कीर्तिमानी अर्धशतक


२९ बैशाख २०८०, शुक्रबार
ipl yashavi jaiswal 2023 fastest fifty 13ball

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सका खेलाडी यशस्वी जैसवालले कीर्तिमान कायम गरेका छन् ।

उनले आईपीएलको इतिहासमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन् । उनले मात्र १३ बलमा अर्धशतक पूरा गरे । यसअघि यो कीर्तिमान लोकेश राहुल र प्याट कमिन्सको नाममा रहेको थियो । सन् २०१८ मा दुवैले १४ बलमा अर्धशतक पूरा गरेका थिए । २०१८ सम्म १५ बलमा युसुफ पठान र सुनिल नाराइनले अर्धशतक बनाएका थिए । कोलकाता नाइट राइडर्सविरुद्ध ब्याटिङ जैसवालले अर्धशतक बनाएका हुन् । उनले पहिलो ओभरमै २६ रन बनाएका थिए ।

यस्तो छ अंक तालिका
११ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १२ खेलबाट चेन्नई सुपर किंग्सको १५ अंक छ । ११ खेलबाट १२ अंकसहित मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । लखनउ सुपर जाइन्टसको ११ खेलबाट ११ अंक छ । राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेंगलोर र पञ्जाब किंग्सको समान १० अंक छ ।

सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ । १६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७