राष्ट्रपतिले तत्काल नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ : अध्यक्ष यादव


२९ बैशाख २०८०, शुक्रबार
upendra 2

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् । आज (शुक्रबार) जनकपुरधाममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

‘यस्तो घटनाको निष्पक्ष छानबिन गरेर अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि स्वच्छ बनाउनु पर्छ’, उनले भने, ‘भुटानी शरणार्थी प्रकरणले विश्वस्तरमा नेपालको छवि धुमिल भएको छ । अमेरिकाको नजरमा पनि नराम्रो भएको छ । यो सवाललाई सम्बोधन गर्न निष्पक्ष छानबिन हुनु जरुरी छ ।’

देशलाई आर्थिक संकटबाट बचाउन सुशासन कायम हुनुपर्नेमा उनले जोड दिए । सुशासनको अभावकै कारण देशमा आर्थिक मन्दीको स्थिति उत्पन्न भएको उनले बताए । वर्तमान राष्ट्रपतिले तत्काल नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७