टेक्सासमा साकेला उभौली हर्षोल्लासपूर्ण, कोशी प्रदेशको विरोध


२ जेष्ठ २०८०, मंगलवार
sakela texas 2 scaled

अमेरिका । अमेरिकाको टेक्सास राज्यमा किरात राई समुदायले हर्षोल्लासका साथ साकेला उभौली मनाएका छन् । किरात राई साेसाइटी अफ अमेरिका टेक्सास च्याप्टरको आयोजनामा टेक्सासको बियर चेरी पार्कका मे १३मा साकेला उभौली मनाएका हुन् ।   

टेक्सासमा हरेक उभौली र उधौलीमा  नेपालीहरू भेला भएर मनाउने गर्दछन् । 

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ।  मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस उँभो लाग्छन्। यस चाडका अवसरमा साकेला शिलि समेत नाचिन्छ।

किरात राई साेसाइटी अफ अमेरिका टेक्सास च्याप्टरका उपाध्यक्ष प्रदीप राईले कार्यक्रममा प्रदेश नं. १ को नाम कोशी प्रदेश राखेकोमा विरोध गर्दे उभौली चाडमा मनाएको जानकारी दिए । 

‘नेपालको प्रदेश नं. १ को नाम कोशी प्रदेश राखेको विरोधमा नेपालमा भइरहेको आन्दोलन प्रति हाम्रो नैतिक समर्थन जनाउँदै विरोध गरेका छौँ ।’, उनले भने,‘नेपालमा भइरहेको जातीय विभेद र आदिम सभ्यता किराँत पहिचानलाई नामेट गर्ने खोज्ने प्रयास भइरहेको छ, यस विरुद्ध सशक्त सर्घष गर्नपर्छ।’ 

फागुन १७ गते प्रदेश सभाले ‘कोशी’ राख्ने प्रस्ताव पास गरेको थियो यता नेपालकाे पूर्वी भाग अशान्त बन्दै आएको छ । दिनहुँ जसो आन्दोलन हुँदै आएको छ ।  प्रदर्शनमा सहभागी भएकाहरूले पहिचानसहितको नाम राख्नुपर्ने, ‘कोशी प्रदेश’ खारेज गर्नुपर्ने, संघियता पुनः सिमाङ्कन गर्नुपर्ने, पहिचानको आधारमा सबै प्रदेशको नामकरण गर्नुपर्ने लगायतको माग राख्दै आएको छ ।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७