दोषी जोगाउन षड्यन्त्र भए इतिहासले माफी दिंदैन : रावल


२ जेष्ठ २०८०, मंगलवार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नलाई जोगाउन खोज्नेलाई इतिहासले माफ नदिने बताएका छन् ।

उच्च राजनीतिक तहबाट दोषी जोगाउन षडयन्त्र भइरहेको समाचार प्रकाशित भएपछि प्रतिक्रिया जनाउँदै उनले यस्तो टिप्पणी गरेका हुन् । सञ्चारमाध्यममा ठगी कसुरमा मात्रै मुद्दा चलाएर मुद्दा कमजोर पार्न प्रहरीलाई उच्च राजनीतिक दलको दबाबको समाचार प्रकाशित भएपछि उनले त्यसो गर्नु आफैमा अपाराधिक भएको बताएका छन् ।

उनले भनेका छन्, ‘राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी, शहीदको रगतको अपमान, संविधान, कानून र शासन प्रणाली मिच्ने अपराधिक कर्म हुनेछ, इतिहासले माफी दिने छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७