अहिलेको गठबन्धनसँग उद्देश्य र गन्तव्य छैन, सत्ता स्वार्थ मात्र छ : ओली


३ जेष्ठ २०८०, बुधबार
KP2 KqNLFYvKZE

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि एमालेले गठबन्धन नगर्ने बताएका छन् । आज (बुधबार) एमालेले आयोजना गरेको मदन–आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता स्वार्थका निम्ति नभई देशका लागि मात्रै गठबन्धन गर्ने बताएका हुन् ।

‘हामी कसैसँग कहिल्यै मिल्दै, मिल्दैनौं भन्ने होइन । तर, सत्ताका निम्ति, सत्ता स्वार्थका निम्ति, सरकार गठनका लागि, मिल्ने कुरा हामीबाट हुँदैन । त्यहि सीमाभित्र मिल्ने कुरा हुँदै कसैसँग हाम्रो एकता हुन्छ भने देशका लागि, जननताका लागि, परिवर्तन, सुशासन र विकासका लागि मिल्न सक्छौं कसैसँग । तर सत्ता गठबन्धनजस्तो कुरा हामीबाट हुँदैन ।’ पूर्व प्रधानमन्त्री ओलीले थपे, ‘अहिलेको गठनबन्धन सत्ता गठबन्धन, सरकारी गठबन्धन, सत्ता प्राप्त गर्नका लागि गरिएको गठबन्धन हो ।’

अहिलेको गठबन्धन उद्देश्यहीन, गन्तव्यहीन, लक्ष्यबिहीन र नीतिविहीन भएको उनको भनाई छ । ओलीले विकास निर्माण हुन नसक्नु, देश भद्रगोल हुनुमा राजनीतिक अस्थिरता र अराजकताबाट गुज्रिरहेको बताए । उनले भयावह अवस्था हुँदा पनि सरकार जान्छ कि टिक्छ भन्ने कुरामा प्रधानमन्त्री केन्द्रित हुन दुखद कुरा रहेको टिप्पणी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७