इटालीमा बाढीका कारण आठ जनाको मृत्यु, हजारौं विस्थापित


४ जेष्ठ २०८०, बिहीबार
italy badi1684345555

काठमाडौं । उत्तरी इटालीको इमिलिया–रोमाग्ना क्षेत्रमा भारी वर्षाको कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । हजारौंलाई विस्थापित भएको अधिकारीहरूले भनेका छन् ।

बुधबारको बाढीका कारण इमोलामा आइतबार हुने भनिएको फर्मुला वान इमिलिया रोमाग्ना ग्रान्ड प्रिक्स रद्द भएको छ । नागरिक सुरक्षामन्त्री नेलो मुसुमेचीले भने, ‘केही क्षेत्रहरूमा ३६ घण्टामा औसत आधा वर्षा भएको थियो, जसले नदीका किनारहरू फुटेको थियो, सहरहरूमा पानी पसेको थियो र हजारौं हेक्टर खेतबारी डुबानमा परेको थियो ।’

मुसुमेचीले करिब ५० हजार मानिस बिजुलीविहीन रहेको बताए । बाढी क्षेत्र वरपर आठ शव निकालिएको छ, इमिलिया–रोमाग्नाका उपाध्यक्ष इरेन प्रियोलोले पत्रकारहरूलाई भने । वर्षा कम भइरहेको छ तर नदीको सतह अझै बढिरहेको छ । अल्जजिरा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७