भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी तयारी भइरहेको छ : प्रचण्ड


६ जेष्ठ २०८०, शनिबार
Prachanda 2 2 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी तयारी भइरहेको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रमलाई आज (शनिबार) काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भारत भ्रमण नयाँ रेकर्ड बनाउने गरी तयारी भइरहेको उद्घोष गरेका हुन् ।

‘मैले निकट भविष्यमा नै हुन लागेको भारत भ्रमणका क्रममा पनि केही रेकर्डहरु बनाउन सकिन्छ भन्ने विश्वासका साथ तयारी भएको छ’, उनले भने, ‘मलाई लाग्छ, केहि रेकर्डहरु नेपाल र नेपाली जनताको पक्षमा नेपालको राष्ट्रको पक्षमा बनाउने मेरो पूरै कोशिस छ ।’

Prachanda 1 2

उनले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको विकास र समृद्धिको पक्षमा नयाँ पहल कदमी लिन जोड गरेको उल्लेख गरे । उनले नयाँ इतिहास बनाउन सम्भव भएको दाबी गरेका छन् । उनले अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्पसहित अगाडि बढेको दाबी गरे। प्रचण्डले भने, ‘हामीलाई दबाव छ । तर जनताको साथ छ । सरकारको काममा जनताको उत्साह देखिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७